
हेटौंडा । परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–३, बसामाडीको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
हेटौंडा–३ स्थित वडा कार्यालयमा भएको साधारणसभामा नेफ्स्कुन फिल्ड उपसमिति सदस्य शर्मीला श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सहकारी अध्यक्ष सविना विडारीको सभाध्यक्षतामा भएको साधारणसभामा वडा सदस्य तथा पूर्वसहकारी अध्यक्ष विमला बर्तौलालगायतको सहभागिता रहेको थियो । संस्था सचिव शर्मीला न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा कोषाध्यक्ष कविता बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सहकारीले गतआर्थिक वर्ष २०७६÷०७७ मा करिब ५ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । महिलाहरुद्वारा सञ्चालित यस सहकारीमा करिब ११ सदस्य शेयर सदस्य रहेका छन् । साधारणसभा सहकारी पूर्वअध्यक्ष तथा जनप्रतिनिधि विमला बर्तौलालाई सम्मानित गरिएको थियो । सहकारी कार्यक्षेत्र साविकको बसामाडी गाविस हो ।

