गढी ५ मा अबस्थित जनहित स्वावलम्बन सहकारीको अध्यक्षमा श्रीराम अर्जुन चयन

हेटौडा टुडे
२७ मंसिर २०७७, शनिबार १९:१९

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा श्रीराम अर्जुन दहाल चयन भएका छन् । संस्थाको १५ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट ४ वर्षको लागि नयाँ समिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा खडानन्द न्यौपाने,कोषाध्यक्षमा केशरी माया लामा, सचिवमा दामोदर अधिकारी चयन भएका छन् । सदस्यहरुमा भने सावित्री तिमल्सिना, श्याम प्रसाद ढुङ्गाना, सानु मायाँ थिङ, लक्ष्मी देवी दुलाल र यम प्रसाद आचार्य रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा चण्डिका पौडेल र सदस्यहरुमा जसोदा लम्साल गुणनिधि बजगाई रहेका छन् । संस्थाका अध्यक्ष चण्डिका पौडेलको सभाध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

संस्थाले विभिन्न विधामा रहि सम्मान तथा पुरस्कृत गरिएको थियो । जसमा असल ऋणीतर्फ अर्जुन बहादुर रुम्बा र भीममाया थिङ, असल बचत कर्तामा अम्बिका तिमल्सिना र यम प्रसाद आचार्य रहेका छन्, । जेष्ठ शेयर सदस्यमा भने सहकारीले भीमकुमारी दुलाललाई सम्मान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*