
काठमाडौं/गृह मन्त्रालयले चार चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ। मंगलबार गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभलाई जानकारी दिए।
श्रीराम सुगर मिल्स, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलका संचालकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।
किसानहरूबाट उखु लिएर बक्यौता नतिरेको भन्दै उनीहरूलाई पक्राउ गर्न गृहले निर्देशन दिएको हो। लामो समयसम्म पनि बक्यौता नपाउँदा किसानहरू काठमाडौंमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्।
यसअघि उखु किसानको मागबारे छलफल गर्न गृहमन्त्त्रालय, कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बैठक बसेको थियो।


सेयर गर्नुहोस्