हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले फाँटमा मंगलवार (आज) स्लाब ढलान सडकको उद्घाटन गरिएको छ ।
शिवम सिमेन्ट उद्योगको आर्थिक सहयोगमा निर्माण गरिएको सडकको एक कार्यक्रमको बिच गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले सडकको उद्घाटन गरेकी हुन् ।
गैरीभञ्ज्याङ–कुर्ले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, शिवम् सिमेन्टका भाइस प्रेसिडेन्ट (खानी तर्फका) रामजीप्रसाद चौरासिया लगायतले आफ्नो भनाइ राखेका थिए ।
३ सय ५४ मिटर स्लाब शिवम् सिमेन्ट उद्योगको करिब ५४ लाख ?पैंया आर्थिक सहयोगमा निर्माण गरिएको समितिले जनाएको छ । उद्योग संगको सहकार्यमा गाउँपालिकाले अब छिट्टै बाकीँ स्थानमा स्लाब ढलान गरी सडक निर्माण गरिनुपर्ने कुर्ले तथा बाँसपानीका स्थानियहरु बताउछन्, ।
कार्यक्रममा शिवमका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र सिन्हा, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले, वडा सदस्य रामप्रसाद पुडासैनी, बंशगोपाल माविका प्रधानाध्यापक लिलानाथ ढुंगेल, स्थानियहरुको उपस्थिति रहेको थियो ।