मनहरीमा ट्रकको ठक्करबाट घाइते भएका विकको मृत्यु

टुडे संवादाता
३ पुष २०७७, शुक्रबार १०:५०

हेटौंडा/मकवानपुरको मनहरी -९ खरङ्गामा ट्रकको ठक्करबाट घाइते भएका मनहरी-९ रजैयाका ४५ बर्षीय कृष्ण बहादुर विकको मृत्यु भएको छ ।  पुर्बपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बाट चितवन तर्फ जाँदै गरेको ना ६ ख १३६६ नम्बरको ट्रकले विकलाई ठक्कर दिईएको हो ।
उनलाई मंगलबार साँझ उक्त ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका विकको हेटौंडामा उपचार सम्भब नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो ।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा हिजो राती मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।
ठक्कर दिने ट्रक तथा चालक मनहरी प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*