६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

टुडे संवादाता
३ पुष २०७७, शुक्रबार १७:३३

म्याग्दी/म्याग्दीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका(५ पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*