काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश न १ का तराई भुभागका थोरै स्थानमा र प्रदेश न २ का तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।
पश्चिम तराईःमा बिहानको समयमा, अधिकांश स्थानहरुमा बाक्लो हुस्सु–कुहिरो लागेको भएता पनि मध्यान्हपछि केही स्थानमा क्रमिक रुपमा सुधार हुदै जाने र बाँकी स्थानमा बेलुकासम्म रहन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मध्य तराईमा बिहानको समयमा, अधिकांश स्थानहरुमा बाक्लो हुस्सु–कुहिरो लागेको भएता पनि मध्यान्हपछि केही स्थानमा क्रमिक रुपमा सुधार हुँदै जाने र बाँकी स्थानमा बेलुकासम्म रहन सक्ने सम्भावना रहेको छ।
पूर्वी तराईमा बिहानको समयमा केही स्थानहरुमा बाक्लो हुस्सु–कुहिरो लागेको भएता पनि मध्यान्हपछि क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको छ।
आगामी २४ घण्टासम्म तराईका अधिकांश भूभागमा बिहानीपख लागेको हुस्सु–कुहिरो मध्यान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने साथै मध्य तथा पश्चिमी तराईका केही स्थानमा बेलुकासम्म रहन सक्ने सम्भावना रहेको छ।
कुहिरो–हुसु लागेको स्थानहरुमा राम्रोसंग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
काठमाडौं उपत्यकामा केही तापक्रम बढेको छ । न्यूनतम तापक्रम आइतबार बढेर ४ डिग्री सेल्सियसमा पुगेको छ । यसअघि यो तापक्रम शुक्रबार १.६ डिग्रीमा झरेको थियो । त्यो नै यो वर्षको सबैभन्दा कम तापक्रम थियो ।
त्यस्तै आइतबार सबैजसो स्थानको न्यूनतम तापक्रम थोरै बढेको छ । जुम्लामा माइनस ५.५, दिपायलमा ०.९, वीरेन्द्रनगरमा २.८, धनगढीमा ३.८, जनपकुरमा ४.५, ओखलढुंगामा ४.५ घोराहीमा ४.२, भैरहवामा ८.६ तथा पोखरामा ८.७ डिग्री सेल्सियस रहेको छ ।