विहान तातो पानी पिउनु लाभदायी

टुडे संवादाता
५ पुष २०७७, आईतवार ११:२३

काठमाडौं/चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरुको भनाइ छ ।

   यस्ता छन् तातो पानी पिउनुका फाइदाहरुः

कब्जियतबाट छुटकाराः 

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।

 

मोटोपना नियन्त्रणः

बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाइँको मोटोपना नियन्त्रणमा अवश्यपनि सघाउ पू¥याउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।

चिसोबाट सुरक्षाः

यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।

 

पसिनाको निष्कासनः

जब तपाइँ कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ शरीरबाट पसिना निस्कन थाल्छ । सरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरणमा सहयोग पूराउँछ ।

 

शरीरको शुद्धिकरणः

तातो पानीले सरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाइँको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् ।

 

बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढी लाभदायी हुने बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*