टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु

टुडे संवादाता
६ पुष २०७७, सोमबार ११:०३

दाङ/टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका रमेश थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार आइसियूमा उपचाररत थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको हो ।

शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं। ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए।

साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए। लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए।

प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए।

पुलबाट खरेर गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा र्पुयाएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बेलुका सवा ६ बजे थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम केसीले पिकनिक खाइसकेपछि साथीसँगै झोलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै असावधानीपूर्वक सपोर्ट तारमा झुन्डिएको र पछि त्यहाँबाट आउन प्रयास गरे पनि आउन नसकेपछि हात गलेर त्यहीबाट बगरमा खसेको जानकारी दिए।

उनी पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*