
वीरगन्ज/कलैयामा चिसोबाट बच्न आगो ताप्ने क्रममा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । आगोले जलेर घाइते भएकी कलैया उप महानगरपालिका ३ बस्ने गगांपुर मा बस्ने ७५ वर्षीय रामसवारी देवी कानुको सोमबार बिहान मृत्यु भएको हो ।
आइतबार आफ्नै घरमा आगो ताप्ने क्रममा कानु जलेर घाइते भएकी थिइन् ।उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


सेयर गर्नुहोस्