मकवानपुर प्रहरीद्वारा राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको गाँजा नष्ट

टुडे संवादाता
६ पुष २०७७, सोमबार १७:४८

मकवानपुर/मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न ठाउँमा अबैध रुपमा लगाइएको लागूऔषध गाँजा फडानी गरी नष्ट गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित लावती, सरिखेत पलासे र कैलाश गाउँपालिका वडा नम्बर ५ को विभिन्न स्थानमा लगाइएको ३२ बिगाहा ५ कट्ठा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठ र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास कुमार तामाङको कमाण्डमा संयुक्त रुपमा खटिएको ८५ जना प्रहरी टोलीले गाँजा फडानी गरी नष्ट गरेको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*