बागमती प्रदेश प्रहरीद्वारा मंसिर महिनामा मात्रै ३७१ बिगाह ५६ कठ्ठा २७ धुर जग्गामा लगाइएको गाँजा खेती नष्ट

टुडे संवादाता
७ पुष २०७७, मंगलवार ११:३५

हेटौडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रदेशका विभिन्न जिल्लाहरुमा हुने गरेको अबैध लागु औषधको खेती नष्ट गर्ने अभियानको रुपमा संचालन गरेको छ ।
लागु औषधको अबैध ओसार पसारलाई नियन्त्रण गर्न मंसिर महिनालाई लागु औषध बिरुद्धको कारबाही अभियानको रुपमा संचालन गरेको हो ।
बागमती प्रदेश अन्तर्गतका मकवानपुर, चितवन, सिन्धुली, धादिङ लगाएतका जिल्लाहरुमा अवैध लागु औषधको खेती हुने र पुर्व पश्चिम राजमार्गको धादिङ,चितवन र मकवानपुर ओसार पसार गर्ने मार्ग रहेको हुँदा लागु औषधको गैर-कानुनी खेती र ओसार पसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारबाही अभियानसंचालन गरीएको हो ।

प्रहरीले मंसिर महिनामा मात्रै ३७१ बिगाह, ५६ कठ्ठा २७ धुर जग्गामा लगाइएको गाँजा खेती नष्ट गरीएको छ ।
यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा गरी ४२८ जना प्रहरी कर्मचारी परिचालित गरीएको थियो ।

मकवानपुरमा मात्रै यो महिनामा मात्रै २३५ बिगाह ५ कठ्ठा ५ धुरमा लगाईएको गाँजा खेती नष्ट गरीएको छ ।

त्यस्तै चितवनमा ५० बिगाह,सिन्धुलीमा ६३ बिगाह २५ कठ्ठा १० धुर र धादिङमा २१ बिगाह ८ कठ्ठा गरी यो महिनामा मात्रै ३७१ बिगाहमा लगाईएको गाँजा खेती नष्ट गरीएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अन्तर्गतका वडा नम्बर ८ र ९ मा मिति  मंसिर २१ देखी २३ गते सम्म संचालन गरीएको गाँजा फडानी अन्तर्गत २२३ बिगाहामा लगाईएको जाँजा खेती नष्ट गरीएको छ ।

मंसिर महिनालाई लागु औषध बिरुद्धको कारबाही अभियानको रुपमा संचालन गर्ने क्रममा गाँजा ९६ केजी, लागु औषध चरेश ५० केजी बरामद भएको छ ।
त्यस्तै औषधीजन्य लागु औषध अन्तर्गत डाईजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाईट्रोभेट १२०० ट्याव्लेट, नाईट्रेजेपाम ४५ टयाब्लेटलगाएतका लागु औषध बरामद गरीएको छ ।

मंसिर महिना भित्र लागुऔषध ओसारपसार गर्ने २० जना व्यक्तिलाई समेत पक्राउ गरीएको छ भने ४ जना फरार रहेकाको खोजतलास भैरहेको छ ।

लागु औषध ओसारपसार संलग्न ६ वटा वटा सवारी साधन समेत नियन्त्रणमा लिईएको छ ।यस प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा अबैधरुपमा लगाईएको गाँजा, अफिम खेती नष्ट गर्ने कार्य अझैसम्म सम्पन्न नभईसकेकोले लागु औषधको अबैध खेती नष्टगर्ने अभियानलाई पुष महिनामा पनि निरन्तरता दिने कार्य भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*