ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

टुडे संवादाता
८ पुष २०७७, बुधबार १४:१०

दोलखा- दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ धरमघरमा ट्रक दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।

नवलपरासीबाट तामाकोशीस्थित लामा कन्ट्रक्सनले निर्माण गरिरहेको सडकका लागि जाली बोकेर आएको ना ३ ख ३२६८ नम्बरको ट्रक दुर्घटना हुँदा चितवन राप्ती नगरपालिकाका २४ वर्षीय सहचालक बुद्धिबहादुर तमाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरिक्षक अन्जन कोइरालाले बताउनुभयो ।

चरिकोट जिरी सडकखण्ड अन्तर्गत निर्माणधीन सडकको लागि तारझाली लिएर आएको ट्रक घुम्तीमा पल्टिँदा सहचालकको ट्रकले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक अर्जुन बरालको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*