काठमाडौं/संसद विघटनविरुद्ध परेको मुद्दा अब संवैधानिक इजलासले हेर्ने भएको छ ।
रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संसद विघटनविरुद्ध परेको मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेको हो ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भू थापा, टीकाराम भट्टराई, गोविन्द बन्दी, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।
संवैधानिक इजलास शुक्रबार बस्दैछ ।
सेयर गर्नुहोस्