बागमती प्रदेश प्रहरीद्वारा माघ महिनादेखी टेलिभिजन कार्यक्रम संचालन गर्ने

टुडे संवादाता
८ पुष २०७७, बुधबार १५:२८

हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा द्वारा आँउदो माघ महिनादेखी टेलिभिजन कार्यक्रम संचालन गर्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट स्याटेलाईट प्रणाली मार्फत संचालन भएको नेशनल गोल्ड टेलिभिजनबाट प्रहरी कार्यक्रम संचालन गर्न लागेको हो ।
बुधवार (आज) बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र सर्वोत्कृष्ट मिडिया प्रा.ली.का प्रबन्ध निर्देशक उज्वल चौंलागाँई बिच टेलीभिजन कार्यक्रम संचालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।

पाक्षीकरुपमा आधा घन्टा प्रसारण गरीने कार्यक्रमको नाम “प्रहरी दर्पण” रहने प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो ।

सो कार्यक्रम बागमती प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाटनै कार्यक्रम निर्माण तथा संचालन गरीने बताईएको छ । बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट सम्पादित काम कारबाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने, शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन बिभिन्न रचनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारण गर्ने र प्रहरी काम कारबाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव संकलन गर्नुका साथै शान्तिपुर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम संचालन गर्न लागिएको हो ।

टेलिभिजन कार्यक्रम सम्झौता

प्रदेश प्रहरी कार्यालयको सम्पुर्ण गतिविधीलाई समेटेर तयार पारिने प्रहरी दर्पण कार्यक्रम माघ १ गते देखी साँझको समयमा नेशनल गोल्ड टेलिभिजनबाट नियमितरुपमा प्रसारण गरीने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*