गुल्मी/गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर १३ मसिनो खोलामा गएराति ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
बुटवलबाट तम्घासतर्फ जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले सोही ठाउँका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई गएराति साढे २ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
सेयर गर्नुहोस्