हेटौंडामा “मिस टिन हेटौंडा सिजन-२” हुने

टुडे संवादाता
१५ पुष २०७७, बुधबार १८:१८

हेटौंडा/हेटौंडामा “मिस टिन हेटौंडा सिजन-२” हुने भएको छ । बुधवार (आज) हेटौंडामा पत्रकार सम्मेल गर्दै पल ईन्टरटेन्डमेन्टका अध्यक्ष धुब्र गौतले हेटौंडामा हुन लागेको जानकारी दिएको हो ।

“मिस टिन हेटौंडा सिजन-२” को बारेमा जानकारी दिँदै आजबाट ३० दिनको लागि रजिष्ट्रेसन फर्म खुला गरिएको  अध्यक्ष गौतले बताउनुभयो ।

उनले १४ वर्ष देखि २२ वर्ष सम्मका युवतीहरु सहभागी हुन पाउने मिस टिनको फर्म शुल्क ११ हजार रहेको बताए । उनले फेरबरी अन्तिममा सम्पन्न हुने “मिस टिन हेटौंडा सिजन-२” को विजेताले १ लाख ५० हजार रुपँया प्राप्त गर्ने बताए ।

यसैगरि उनले फस्ट रनर अपले एक लाख,सेकेन्ड रनर अपले ५० हजार र भ्युअर च्वाइसले रु २५ हजार प्राप्त गर्ने बताए ।

कार्यक्रमको कूल खर्च करिब २३ लाख ६० हजार हुने करिब ३० जना प्रतिस्पर्धीहरु सहभागी रहने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*