हेटौंडामा आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाईयो

टुडे संवादाता
१५ पुष २०७७, बुधबार १९:०४

हेटौंडा/जिल्ला च्याउ उत्पादन किसान संघले आज हेटौंडामा प्रथम राष्ट्रिय च्याउ दिवस मनाएको छ । जिल्ला च्याउ उत्पादन किसान संघका केन्द्रय उपाध्यक्ष देविमाया श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यतामा बागमती प्रदेशका भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दार्जे लामाको रहेको थियो ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष राधिका वास्तोलाले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्य राख्दै उपाध्यक्ष वास्तोलाले ब्यवसायलाई राम्रो ढङ्गले गरे लाखौं यूवाहरु विदेशमा गएर पसिना बगाउन नपर्ने बताएका छन् ।

उनी यसो पनि बताउछन् , कोरोनाले ब्यवसायीहरु मारमा परेको साथै सरकारले च्याउ उत्पादन किसानलाई सरकारले चासो नदिएकोमा असन्तुष्टी ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले आफू अस्वस्थ रहेको बताउदैं,आगामी बजेटमा च्याउ उत्पादन किसान संघलाई बजेट छुट्याउने तथा व्यबसायी रुपमा संचालन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष नवराज ढकाल लगाएत अन्य च्याउ उत्पादक किसानले मन्तब्य राखेका थिए । प्रमुख अतिथि लामाले केक काटी प्रथम च्याउ दिवसको शुभारम्भ गरेका थिए । बागमती प्रदेश कृषि विकास निर्देशनालयमा भएको कार्यक्रममा केन्द्रय उपाध्यक्ष देविमाया श्रेष्ठ, जिल्ला अध्यक्ष नवराज ढकाल, संस्थापक कोषाध्यक्ष रबिन्द्र श्रेष्ठ लगाएत च्याउ किसानको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*