शुक्रवार सुनको मूल्यमा वृद्धि

टुडे संवादाता
२०७७ पुष १७, शुक्रबार ११:३१ गते

हेटौंडा/नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा शुक्रवार सुनको भाउ ४०० रुपैंया ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ९४ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*