शिक्षकमा कोरोना देखिएपछि भानु स्कुल एक साताको लागि बन्द

टुडे संवादाता
१८ पुष २०७७, शनिबार २१:३१

हेटौंडा । बिद्यालयमा कार्यरत एक जना शिक्षकलाई कोरोनाको संक्रमण  देखिएपछि मकवानपुरगढी गाउँपालिका वडा नम्बर-३  मक्रान्चुलीमा अबस्थित  भानु मावि एक साताको लागि बन्द गरिएको छ।

विद्यालयले एक विज्ञप्ती जारी गर्दै कक्षा  ११ र १२ मा अध्यापन गर्ने एक जना शिक्षकमा कोरोना पुष्टि देखिएको हो ।

कोरोना पुष्टि भएपछि  पुस १९ गते देखि २५ गते सम्म विद्यालय बन्द गरिएको  विज्ञप्तिमा जनाईएको छ । विद्यालय ब्यबस्थापन समितीको बैठकको निर्णय बमोजिम एक साता विद्यालय  बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*