ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ

टुडे संवादाता
१९ पुष २०७७, आईतवार १३:२५
साङे्केतिक तस्बिर

काठमाडौं /ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जनालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रवार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्तीकरणी गरे पछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।यस प्रकरण सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*