कोभिड पछि सुरु हुने भयो नयाँ फिल्म प्रदर्शन

एउटा यस्तो प्रेम कहानी: माघ १ गते रिलिज हुने
हेटौंडा टुडे
२०७७ पुष १९, आईतवार १५:५९ गते

हेटौंडा । कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउन थालेका छन् । यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।
पुष १७ गते पोस्टर रिलिजसँगै गरिएको घोषणा अनुसार चलचित्र माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ । शिव श्रेष्ठ नेपाली चलचित्र उद्योगदेखि पाकिस्तानी चलचित्र उद्योगसम्म राम्रो छवी बनाउन सफल नायकको रुपमा चिनिन्छ । अहिले नेपाली चलचित्र उद्योग झन्डै कोमामा पुगेको परिस्थितिमा निर्माण पक्षले फिल्म नेपाली चलचित्र उद्योगलाई टेवा पुर्याउँ भन्ने सोचका साथ यस चलचित्र रिलिज गर्न लागेको चलचित्रको अफिसियल फेसबुक मार्फत जारी प्रेस नोटमा बताइएको छ ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गर्नुभएको छ । फस्टेल मुभिजको ब्यानरमा बनेको यस फिल्म यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*