स्रोत नखुलेको ८ लाख रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ

टुडे संवादाता
२१ पुष २०७७, मंगलवार १६:२१

काठमाडौं/स्रोत नखुलेको ८ लाख रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ परेका छन्।

सोमबार राति साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई मौलापुर–५ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ–१ का १७ वर्षीय धिरेन्द्र साह छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो।

साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अवैध ८ लाख रुपैयाँ फेला परेको हो। पक्राउ परेका साहलाई गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*