“चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ”

हेटौंडा टुडे
२३ पुष २०७७, बिहीबार १७:१२

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडक खण्डबाट राजन मगर र राजन तामाङले सवार गरीरहेको मोटरसाईकल सहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

जिल्ला धादिङ्ग निलकण्ठ नगरपालिका  ९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङ्ले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३ (०२(०१२ प ९८३५ खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७६।०९।२६ गते अं। १९स् ३० बजेको समयमा काठमाण्डौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका  ९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*