
हेटौंडा । आदर्श समाज युवा क्लबको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ हटियामा वडास्तरी फुटबल प्रतियोगिता हुने भएको छ । पुस २८ गतेबाट प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
वडा स्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार र दोस्रो हुने टिमलाई २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आदर्श समाज युवा क्लबका विश्वास सापकोटाले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगिताको म्यान अफ दी म्याचलाई २ हजार, उत्कृष्ट गोलरक्षकलाई २ हजार, उकृस्ट रक्षकलाई २ हजार, बेष्ट स्ट्राईकरलाई २ हजार नगद प्रदान गरिने सापकोटाले जानकारी दिएका हुन् ।


सेयर गर्नुहोस्