मोबाइल एसोसिएसन मकवानपुरको अध्यक्षमा दिनेश लामा चयन

हेटौंडा टुडे
२५ पुष २०७७, शनिबार २२:२०

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको   अध्यक्षमा दिनेश लामा चयन भएका छन् । एसोसिएसनको ९ औं साधारणसभा तथा ५ औं अधिवेशनबाट लामालाई अध्यक्षमा चयन गरिएको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा हरि प्रसाद न्यौपाने (सागर), उपाध्यक्षमा कुमारमणि त्रिपाटी, महासचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा नवराज चौलागाईं, सचिवमा शिवराज बास्तोला, सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका छन् । एसोसिएसनको सदस्यमा विशाल श्रेष्ठ, मिलन स्याङतान, कृष्ण श्रेष्ठ, नवराज त्रिपाटी, राकेशकुमार केशरी र प्रविण वैद्य चुनिएका छन् ।

 

एसोसिएसनका निवर्तमान अध्यक्ष एसिस रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, एसोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष अकुरप्रसाद गौतम लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा सिलिकन नेपाल प्रालिद्धारा स्थापित स्व. पशुपतिराम आचार्य स्मृति पुरस्कार २०७७बाट खेलकुद क्षेत्रमा क्रियाशिल युवा सुशिल घिमिरेलाई दश हजार नगद सहित सम्मान गरिएको थियो साथै गौतम मोवाइलको तर्फबाट एसोसिएसनका एकल महिला सदस्य अनिता राईलाई नगद पाँच हजार पचास रुपैयाले सम्मान गरिएको  थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*