हेटौंडा ११ मा फेला परेको शवको पहिचान खुल्न नसकेपछि…

हेटौंडा टुडे
२०७७ पुष २६, आईतवार २१:२६ गते

हेटौंडा /मकवानपुर प्रहरीले मृत शवको सनाखत हुन् नसकेपछि तस्बिर सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्याङमा आईतवार (आज)बिहान पुरुषको शव फेला परेको थियो । सो शवको पहिचान खुल्न नसकेपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको हो ।

पुर्व पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत सडक छेउमा मृत अवस्थामा अन्दाजी ४० / ४५ वर्षको पुरुषको शव फेल परेको थियो ।

शव फेला परेको सुचना पाउनासाथ प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा गई मृतक पुरुषको लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरीसक्दा पनि शवको पहिचान हुन नसकेको मकवानपुर प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार मृतक शव पोष्टमार्टमको लागि हेटौडा अस्पतालको शव गृहमा ल्याई राखिएको छ ।

मृतक हुलिया
बायाँ छातीको भागमा “के” लेखेको निलो रंगको विन्क सिटर (ज्याकेट), सेतो रङको फुल सर्ट लगाको, बाउलाको भागमा कालो लाईन भएको हाल्फ टिसर्ट,”बिगबोस” लेखेको सेतो सेण्डो, पहेँलो लाईन धर्का भएको निलो ट्राउजर, दाहिने तिघ्राको भागमा”स्पोर्ट्” लेखेको खरानी रंगको हाल्फ पाईन्ट लगाएको, कानमा माक्सको सेतो डोरी रहि कालो रंगको माक्स चिउडोमा रहेको, बर्ण गहुँगोरो, उचाई अन्दाजी ५ फिट ५ ईन्च, कपाल कालो छोटो, हल्का दाह्रि जुंगा आएको पुरुषको शव फेला परेको हो ।

घटनास्थलमा बैजनी रंगमा माथिको भागमा ३ वटा सेतो धर्का भएको १ जोर “म्याजिक” चप्पल रहेको थियो ।

चिन्नुहुने जो कोहिले नजिकैको प्रहरी कार्यालय तथा यस कार्यालयको फोन नम्बर ९८५५०९०१५० मा फोन गरी जानाकारी गराउनहुन प्रहरीले अनुरोध गरेको छ ।

मृतक तस्विर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*