चक्कु प्रहार गरी एक युवकको हत्या

टुडे संवादाता
२७ पुष २०७७, सोमबार १६:१३

काठमाडौं/काठमाडौंको बुढानीलकण्ठमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले हत्या आरोपमा मकवानपुरको थाहा नगरपालिका–६ का २१ वर्षीय राजसिंह ठकुरीलाई पक्राउ गरेको हो।

ठकुरीले पुस २३ गते राती साढे ७ बजेतिर बुढानीलकण्ठ चिसेनीको गुम्बा नजिक सुशील तामाङलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।घाइते तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गएराती निधन भएको थियो। तमाङको निधन भएपछि ठकुरीलाई चितवनको पिप्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*