घुस रकम सहित प्रहरी हवल्दार भण्डारी पक्राउ

टुडे संवादाता
२८ पुष २०७७, मंगलवार १६:०७

पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले घुस रकम सहित प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति छुटाइदिने प्रलोभनमा पारेर सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*