अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ६० प्रतिशत मात्र अंक ल्याउने जो कोहिले लाइसेन्स पाउने भएका छन् ।सरकारले लाइसेन्सको ‘ट्रायल’ दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिइने ब्यवस्था मिलाउन लागेको हो ।
हाल लाइसेन्स परिक्षा पास गर्न प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा सतप्रतिशत अंक ल्याउनुपर्छ। ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ ।
अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ ।
सेयर गर्नुहोस्