पुरातत्व विभागकै मोडालिटिमा पुर्नर निर्माण हुदै ऐतिहासिक मकवानपुरगढी दरबार

टुडे संवादाता
२९ पुष २०७७, बुधबार ०७:२९

हेटौंडा  । गढी गाउँपालिका वडा नं २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको प्रति आम नागरिकले चासो र चिन्ता व्यक्त गरेका छन् । आधुनिक नेपालको स्थापना पूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास बोकेको मकवानपुरगढी, हेटौंडा नगरबाट उत्तरपूर्व गढी गाउपालिकामा पर्दछ ।

परम्परागत् तर वास्तुकलाको प्रतिरुप मकवानपुर गढीले तत्कालीन समयको सामाजिक महत्व तथा सुरक्षात्मक दुरदर्शिता झल्काइरहेको देखिन्छ । तर ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबार पुन निर्माणको नाममा भत्काउनु उचित नभएको नागरीकहरुको भनाई छ ।

करिब चार सय वर्षअघिको दरबारमा २०७२ सालको भुकम्पले ठूलै क्षति पु¥याएको थियो । क्षति पु¥याएसंगै दरबारका पर्खालहरु क्षतविक्षत अबस्थामा पुग्यो । इतिहास संरक्षण तथा सम्वद्र्धन नेपाल सरकार अन्तर्गत् पुरातत्व विभागले गर्दछ । त्यहीअनुरुप नै पुनर्निर्माणको कार्य समेत भइरहेको छ । केहि दिन अघि बाट सामाजिक सञ्जालमा पुनर्निर्माणको विषयमा टिका टिप्पणिहरु उठदै आईरहेका छन ।

हाल गढीदरबारमा स्थानीय तहको सहकार्यमा तथा पुरातत्व विभागले ७७ लाख बजेट हालेर पुनर्निर्माण कार्य सुरु गरेको छ । जसमा विभागले मकवानपुर गढी गाउपालिका संगको छलफल पश्चात् कार्य अघि बढाएको हो । हाल दरबारका भत्केका ढुंगाहरु छरपष्ट अबस्थामा रहेकोलाई एकीकृत गर्ने कार्य भइरहेको , भत्काउन पर्ने मात्र भत्काईएको र निर्माणाधिन स्थानको जग नखोतल्ने गरि पुर्नर निर्माण गरिएको पालिका प्रमुख विदुर हुमागाईंले बताउनुभयो ।

जीर्ण अबस्थामा रहेको गढी दरबारका भत्किएका ढुंगालाई एकतृत गरी पुरानै शैलीमा चुना सुर्कीको प्रयोग गरी गढी दरबारबको पुन निमार्ण गरीने अध्यक्ष हुमागाईंले बताउनुभयो । पुरातत्व विभागकै अनुसार उक्त कार्य भइरहेको दाबी गर्दै अनाबश्यक भत्काइएको भन्ने हल्ला र आलोचना गलत भएको गाँउपालिकाका अध्यक्ष हुमागाँई हेटौंडा टुडेलाई जानकारि दिनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*