सहकारीले उद्देश्य अनुरुप नै कार्य गर्नु : अध्यक्ष सुबेदी

हेटौंडा टुडे
२९ पुष २०७७, बुधबार १८:०५

हेटौंडा । कृषि सहकारीहरुले सहकारिको उद्देश्य अनुरुप कार्य गर्न जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरका अध्यक्ष महेश्वर सुबेदीले सदस्य संस्थाहरुलाई अनुरोध गर्नुभयो।
बुधबार हेटौंडामा सम्पन्न१० औं बार्षिक साधारणसभामा अध्यक्ष सुबेदीले सहकारी ऐन २०७४ मा ३० प्रतिशत कार्य बिषयगत क्षेत्रमा गर्नु पर्ने ब्यवस्था भएको समेत जानकारि गराउनु भयो ।

सभाले अध्यक्ष सुबेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन, कोषाध्यक्ष निर्मला लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिनेश प्रजाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुमोदन गरेको छ ।

संघका अध्यक्ष महेश्वर सुबेदि को अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिब लालबहादुर थापाले गर्नुभएको थियो ।

संघले कृषकले उत्पादन गरेको उत्पादनहरुलाइ एग्रो मार्ट मार्फत बिक्री बितरण गरिएको छ । संघमा ५२ ओटा कृषि सहकारी सस्थाको आवद्धता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*