एकता र भातृत्वको जगमा समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्न सकिने:मुख्यमन्त्री पौडेल

टुडे संवादाता
१ माघ २०७७, बिहीबार १३:१६

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एकता र भातृत्वको जगमा समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्न सकिने बताउनुभएको छ ।माघे सङ्क्रान्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले माघे सङ्क्रान्ती, माघीलगायत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाइचाराको विकासमा महत्वपूर्ण योगदान पु¥याउदैं आएको उल्लेख गर्नुभएको छ ।
नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुत्त देश भएकाले विविधताभित्रको एकताले नेपाल र नेपालीलाई जोडेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।उहाँले माघे सङ्क्रान्ती, माघी लगायत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाइचाराको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*