नेपाल मगर संघद्वारा माघे संक्रान्तिको अवसरमा शुभकामना आदन प्रदान

टुडे संवादाता
१ माघ २०७७, बिहीबार १७:०३

हेटौंडा/नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले माघे संक्रान्तिको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
संघका जिल्ला अध्यक्ष होम बहादुर राना मगर सभाध्यक्षमा आज हेटौंडामा भएको कार्यक्रममा संघका बरिष्ठ वापा (पुरोहित) सान्तध्वज राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
वरिष्ठ वापा मगरले कार्यक्रममा सहभागीलाई टिका लगाएर आशिर्वाद दिएका थिए। सहभागीलाई माघीको परिकार घ्यू,चाकु,तरूल खुवाएर शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश कमिटी सहकोषाध्यक्ष शंकर पुलामी, सदस्य रामकुमार बोगटी मगर,जिल्ला सल्लाहकार कृष्ण सारू मगर, संरक्षक विश्व थापा मगर,मगर महिला संघका पुर्व केन्द्रीय सदस्य रमा राना मगर,मगर संघ हेटौडाका अध्यक्ष भरत ढाडा मगर,मगर महिला संघका जिल्ला अध्यक्ष डेनिज थापा मगर लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश कमिटी सदस्य उपेन्द्र पुलामी मगर, उर्मिला पुलामी मगर, जिल्ला संघका संरक्षक कुश बहादुर थापा मगर,मगर जिल्ला युवा संघ अध्यक्ष उपेन्द्र राना मगर लगायतको आतिथ्यता रहेको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*