हुप्रचौरको शौचालय अव्यवस्थित,बाहिरै शौच गर्न थालियो

टुडे संवादाता
४ माघ २०७७, आईतवार १७:४५

हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौरमा रहेको सार्वजनिक शौचालय हरिबिजोक रहेको पाईएको छ । शौचालय अव्यवस्थित तथा दुर्गन्धित रहेको छ ।

सार्वजनिक शौचालय भित्र शौच गर्ने स्थित नआएपछि त्यहाँ पुग्ने अधिकाशं मानिसहरुले शौचालयको ढोका बाहिरै शौच गरेको पाईएको हो ।
शनिबार हुप्रचौर नजिक एक कार्यक्रममा सहभागी हुन आईपुगेका हेटौंडा-१८ का रेशम पाख्रिनले सार्वजनिक शौचालय बाहिरै शौच गरे ।
सार्वजनिक शौचालयमा आएर शौचालय बाहिर किन शौच गरेको भन्ने प्रश्नमा उनले शौचालय भित्र अत्यन्तै दुर्गन्धित र फोहोरको कारण शौच गर्न नसकिएको कारण बाहिरै गर्यौ ।

 

उनले भने,‘पहिलो पटक यस्तो अव्यवस्थित तथा दुर्गन्धित सार्वजनिक शौचालय देखे । शौचालय बेवारिसे जस्तो हुँदा शौचालयको वरिपरि दिसापिसावको ढल जस्तो रहेछ झण्डै बान्ता आएको । दिसापिसाव गरेर भित्र सफा नगरेपछि यस्तो स्थिति आईपुगेको हुनुपर्छ ।’

उनले सम्बन्धित निकायको बेलैमा ध्यान नदिए यस्को दुर्गन्ध निकै टाढा सम्म फैलन सक्ने बताए । शनिबार हुप्रचौरमा घुमेर शौच गर्न शौचालय जानेहरु अधिकाशंले बाहिरै शौच गरेको देखिन्थ्यो । शौचालयको ढोकासम्म दिसापिसाव जमेको छ । रक्सीका वोत्तलहरु, गुड्खाका प्लाष्टिकहरु, चुरोटको ठुटाहरु देखिन्छन् । ट्वाईलेटको भित्रि कोठाको ढोकाबाट भित्र हेर्दा त्यहा पुरा ढल जस्तो देखिन्छ । शौचालय महिनौबाट सफा नगरिएको जस्तो देखिन्थ्यौ ।

यसअघि पनि हेटौंडा उपमहानगरपालिकाको सबैभन्दा ठूलो र दिनहुँ सयौ मानिसहरु भेटघाट गर्ने स्थल तथा विभिन्न खेलकुदको साथै अन्य सार्वजनिक कार्यक्रमहरु हुने हुप्रचौरमा रहको एक सार्वजनिक शौचालय अव्यवस्थित र दुर्गन्धितको समाचारहरु सार्वजनिक हुँदै आएको छ । तर उपमहागरपालिकाले कुनै चासो नदिँदा त्यसको अवस्था बिग्रिदै गएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*