हेटौंडा/प्रदेश स्तरीय राष्ट्रिय लेखा सम्बन्धि दुईदिने सचेतना गोष्ठी कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको छ । केन्द्रीय तथ्यांक विभागले प्रदेशस्तरीय राष्ट्रिय लेखासम्बन्धी सचेतना गोष्ठीको आयोजना गरेको हो ।
आइतबार र सोमबार दुईदिन सचेतना गोष्ठी संञ्चालन गरीएको तथ्यांक कार्यालय मकवानपुरका प्रमुख राजेश दासले बताउनुभयो । कार्यशालामा राष्ट्रिय लेखा तथ्यांकको परिचय र महत्व, वार्षिक राष्ट्रिय लेखा मापन गर्ने विधि, वार्षिक कुल ग्राह्स्थ उत्पादनको अनुमानको विधि र महत्वका बारेमा छलफल गरीएको थियो ।
प्रदेशस्तरीय कुल ग्राह्स्थ उत्पादन अनुमानको विधि, प्रादेशिक राष्ट्रिय लेखा तथ्यांक मापन विधि तथा स्रोतहरु, राष्ट्रिय लेखाको तथ्यांकका स्रोत र प्रदेशमा तथ्यांकदाताको भूमिका, राष्ट्रिय लेखा तालिकाको बारेमा कार्यशालामा सहभागीह?लाई जानकारी गराईएको थियो ।कार्यशालामा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारी ,विभागका अधिकृतहरु प्रभा बराल र गंगाराम भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालामा बागमती प्रदेश सरकारको मन्त्रालय, उच्चस्तरीय कार्यालय, स्थानीय तहका अधिकारी, क्याम्पसका प्राध्यापक तथा विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।