फरार रहेका तिन अभियुक्त हेटौंडाबाट पक्राउ

टुडे संवादाता
६ माघ २०७७, मंगलवार १६:४५

हेटौंडा/मकवानपुर प्रहरीले फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने बर्ष २९ वर्षिय सुदिप भन्ने सुजित लामा र युनिक लामा रहेका छन् ।

सुजित लामा लागु औषध हिरोइन मुद्दामा १० महिना १७ दिन कैद तोकी फरार रहेका सुजित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ बाट पक्राउ गरेको हो ।

गत माघ ४ गते आईतवार चौकीटोलबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै लागु औषध मुद्दामा २ महिना कैद र २ हजार जरीवाना तोकी फरार रहेका युनिक लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले मंगलवार आज हेटौंडा ४ स्थित हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
फरार अभियुक्तलाई जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का एक ज्यान मार्ने उद्योगमा फरार रहेकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपरको मनहरी गाउँपालिका वडा नम्बर ४ बस्ने गोबिन्द तितुङलाई पक्राउ गरेको हो तितुङलाई सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई सम्मानित अदालतको आदेशले थुनामा राख्न कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*