तास खेलिरहेका १५ जना प्रहरीको फन्दामा

टुडे संवादाता
६ माघ २०७७, मंगलवार १७:११

भक्तपुर । भक्तपुरमा तास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्तीमा सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले सुमनलगायत १५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख ८९ हजार नौ सय ५० रूपैयाँ र ६ बुक ताससहित फेला पारेको हो ।

यस घटनाका सम्बन्धमा आवश्यक कारवाही भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*