पोल्ट्री संघ संस्थासंग पन्छीजन्य पदार्थको उत्पादन तथा बजारीकरण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
६ माघ २०७७, मंगलवार २१:००

पोल्ट्री संघ संस्था संग पन्छीजन्य पदार्थको उत्पादन तथा बजारीकरण सम्वन्धी अन्तरकृया कार्यक्रम आज मंगलबार चितवनमा सम्पन्न भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आज चितवनको सौराहामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा भूमी व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको सचिव मटिना जोशी बैधको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पोल्ट्री क्षेत्रका विभिन्न व्यवसायिक ब्यक्तित्वहरु बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, मन्त्रालय र निर्देशानलयका अधिकृत हरु गरि करिब ३५ जनाको सहभागिता रहेको थियो ।

चितवनको सौराहामा भएको कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तर्फबाट निर्देशक र निजि क्षेत्रका तर्फबाट डाक्टर सुविर सिहले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ा उक्त कार्य पत्र उपर कपिलबाबु खनाल भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र चितवनका प्रमुख डा। दयाराम चापागाईं भरतपुर महानगर पालिका पशु सेवा शाखाका प्रमुख मेघराज ढकाल लगायत ले विभिन्न सुझाव दिनु भएको थियो । कार्यक्रममा नेपाल पोल्ट्री महासघका उपाध्यक्ष श्री टिकाराम पोखरेल, मन्त्रालयका बिशेश सल्लाहकार डा। तिलचन्द्र भट्टराई, कृषि निर्देशानलयका निर्देशक , पोल्ट्री क्षेत्रको समग्र बिकासका लाग्नु पर्ने बताउनु भयो ।

आजको अन्तरकृया कार्यक्रमको मुख्य उदेश्य प्रदेश सरकारले भालिको दिनमा कसरि सहयोग गर्न सक्छ ,पन्छिजन्य पदार्थको उत्पादन तथा बजारिकरणमा प्रदेश सरकारले कस्तो निति तथा कार्यक्रम ल्याउदा सहयोग पुग्छ भन्ने आजको कार्यक्रम मुख्य उदेश्य रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुचना अधिकारि डा बब्लु ठाकुरल हेटौंडा टुडेलाई जानकारि दिनुभयो । कार्यक्रम निर्देशनालयका सुचना अधिकारि तथा कार्यक्रमका सयोजन डा बब्लु ठाकुरले सन्चालन गर्नुभएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*