हेटौंडा/बागमती प्रदेशको हिउँदे अधिवेशन सुरु भएको छ । बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागेको हो । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव उपर कुनैपनि प्रकारको प्रक्रिया अगाडि नबढ्ने भएको छ । आजको बैठकको एजेण्डा तयार गर्न एकदिन पहिले बसेको प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको नेकपाको प्रचण्ड–नेपाल समूह र अन्य केहि सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे पनि त्यसो नहुने भएको हो ।
हेर्नुहोस लाईभ
https://www.facebook.com/104296287587972/videos/226718182451353/
सेयर गर्नुहोस्