हेटौंडा ५ का ब्लड क्यान्सर पिडितलाई युनिक स्वयमसेवक नेपालको सहयोग

टुडे संवादाता
९ माघ २०७७, शुक्रबार १८:०४

हेटौंडा/मकवानपुरगाढी गाँउपालिका स्थाई ठेगाना भई हाल हेटौंडा ५ पिप्ले निवासी ब्लड क्यान्सर बाट पिडित ५ वर्षिय सुवोध आले.मगरलाई युनिक स्वयमसेवक नेपालले उपचारका लागी सहयोग रकम हस्तान्तरण गरेको छ ।

शुक्रबार हेटौंडा ५ स्थित निवासमै पुगेर ले ६ लाख ९ सय २० रुपैंया परिवारलाई हस्तान्तरण गरेको हो । सुवोधको उपचारमा हालसम्म ९ लाख रुपैया खर्च भैसकेको परिवारले बताएका छन्। सामाजिक संञ्जालमा सुवोधको स्वास्थ अवस्थाबारे थाहा पाएपछि आफुहरुले सहयोग रकम जुटाउन देब्यापी अभियान चलाएको युनिक स्वयमसेवक नेपालका अध्यक्ष बुद्धिमान कार्कीले बताउनुभयो ।
सहयोग रकम प्राप्त भएपछि परिवारले खुसि ब्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*