हेटौंडा भेट्रान्स कप: बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश

टुडे संवादाता
९ माघ २०७७, शुक्रबार १८:३५

हेटौंडा/मकवानपुरको हेटौंडामा जारी छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिता अन्तर्गत आज भएका सेमीफाइनलका खेलहरुमा बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश गरेका छन ।

आजको पहिलो सेमिफाइनल खेलमा बगरभाई खलकको तर्फबाट खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गरेको गोलले बगरभाई खलक लाई फाइनलमा प्रवेश गराएको छ ।

खेलको म्यान अफ द म्याच पनि बगरभाई खलक पोखराका मनोज गुरुङ नै घोषित भएका छन । यस्तै आजको दोस्रो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाण्डौले हेटौंडा भेट्रन्स सुपर लाई २-१ गोल अन्तरमा पराजित गरेको छ ।

सानो गौचरण काठमाण्डौका तर्फबाट खेलको १७ औं मिनेटमा प्रमोद पाठकले गोल गरेका थिए भने १९ औं मिनेटमा नरेश श्रेष्ठले अर्को गोल फर्काएका थिए ।

खेलको ४२ औ मिनेटमा हेटौंडा भेट्रन्स सुपरका तर्फबाट जंगे बा जंगेवाले एक गोल फर्काए पनि अन्तत हेटौंडा भेट्रन्स सुपर पराजित भएको थियो ।

यो संगै शनिबार दिउसो २ बजे छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिताको फाईनलमा बगरभाई खलक पोखरा र सानो गौचरण बिच प्रतिस्पर्धा हुने संयोजक कविन सांगामीले जानकारी दिनुभयो ।

नकआउट चरणमा खेलाईएको खेलको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा शिल्ड,दितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरुस्कार प्राप्त गर्ने सांगामीले बताउँनुभयो ।

खेलमा उत्कृष्ट मिडफिलडर,फरवड्,डिफेन्डर,गोलकिपर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरस्कार प्रदान गरीने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*