मकवानपुरको थाहा नगरपालिका ७ का नेपालीले गरेआत्महत्या

टुडे संवादाता
१० माघ २०७७, शनिबार १८:४९

हेटौंडा/मकवानपुरको थाहा नगरपालिकामा एक जनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

थाहा नगरपालिका वडा नम्बर ७ देउखेल बस्ने ४२ वर्षीय श्याम नेपालीले आफ्नो घर नजिकै रहेको खनायको बोटमा झुण्डिए आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पालुङका प्रहरी निरीक्षक विकास कुमार तामाङका अनुसार, श्यामले आज बिहान आत्महत्या गरेका हुन् ।उनको शव पोष्टमार्टमको लागि पालुङ स्वास्थ्य केन्द्रमा ल्याइ उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले के कारण आत्महत्या गरेको भन्ने विषयमा हालसम्म खुल्ल सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*