हेटौंडा ११ सरस्वती खोला नजिकै फेरी सवारी दुर्घटना, दुई दिनमा ६ जना घाईते

टुडे संवादाता
११ माघ २०७७, आईतवार १५:५३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सरस्वती पम्प नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किदा तीनजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना ६ ख ५८४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना ३० प ४० ६५ नम्बरको मोटरासाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।

यस्तै बसको पछाडी रहेको ना ४३ प ६५२९ नम्बरको मोटरसाइकल पनि बसमा ठोकिएर दुर्घना भएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक र मेटरसाइकलमा रहेका गरी तीनजना घाईते भएका छन् । उनीहरुलाई उपचारको लागी हेटौंडा ११ मा रहेको चुरेहिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गत माघ ९ गते पनि सोही ठाउँमा बस र टिपर ठोकिएको थियो । हेटौंडाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ९३४८ नम्बरको यात्रुबहाक बस र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख २४३३ नम्बरको टिपर ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका थिए ।
दुई दिनको फरकमा सोही स्थानमा सवारी दुर्घटनामा परी ६जना घाईते भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*