बैंकिङ कसुरका एक फरार प्रतिवादी पक्राउ

टुडे संवादाता
१२ माघ २०७७, सोमबार १६:२५

काठमाडौं/प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ बस्ने वर्ष ३८ का कृष्णलाल ढोला रहेका छन्।

ढोलाले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै सुभ कुमारी मगरलाई ज्योति विकास बैंकको १० लाख रुपैयाँको चेक दिएर ठगी गरेको प्रहरीले जनाएको छ।

सोही आरोपमा उच्च अदालत पाटनको मिति २०७६ मंसिर २३ गतेको फैसलाले ढोलालाई नौ दिन कैद र रु. १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका उनलाई आइतबार अनामनगरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज भक्तपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*