हेटौंडा/अखिल नेपाल फुटबल संघ एन्फा रेफ्रिहरुको प्रशिक्षण कार्यक्रम सोमबारबाट हेटौंडामा सुरु भएको छ । रोल जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले फुटबलका खेलको बिकासका लागी एन्फाले अवधारण बनाएर काम गरीरहेको बताउनुभएको छ ।उहाँले रेफ्रिहरुलाई फिटनेस मात्र नभई सैदान्तिक र ब्यबहारीक ज्ञान समेत हुनुपर्ने भन्दै प्रक्षिणको आवश्यकता रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी बसन्त कुमार लामाले फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिको प्रमुख भुमिका हुने बताउनुभयो। उहाँले फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिहरुले निष्पक्ष निर्णय गर्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश प्रदेश खेलकुद बिकास परिषद् ,अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग र जिल्लान फुटबल संघ मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । प्रशिक्षणमा प्रदेशका ९ जिल्लाका ३६ जना रेफ्रिहरुको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम माघ १८ गते सम्म हुने आयोजकले जनाएको छ ।प्रशिक्षणमा सहभागी रेफ्रिहरुलाई गजेन्द्रमा सिंह ,कल्पना शर्मा ,लब खत्री र शैलेश जोशीले प्रशिक्षण दिनुहुनेछ ।