कान्तिलोकपथको भाँसिएको सडकअझै बन्न सकेन्,ओभर स्पिडमा कुद्छन् सवारीसाधन

टुडे संवादाता
१२ माघ २०७७, सोमबार १९:५१

हेटौंडा/मकवानपुरगढी गाउँपालिकामा पर्ने कान्तिलोकपथ सडक भाँसिएर खतरा बनेको छ । गत आर्थिक वर्षमा भाँसिएको सडक हाल सम्म पनि उस्तै छ  ।

मकवानपुरको चिनारी ऐतिहासिक मकवानपुर गढी दरबार प्रवेश गर्ने सोही बाटो आन्तरीक तथा बाहिय पर्यटकहरु ओहोरदोहोर गर्ने गर्दछन् । दैनिक जसो सयौंका संख्यामा पर्यटकहरु सोही बाटो गरी जोखिमपूर्ण रुपमा आवतजावत गर्दछन् । शिवम् सिमेन्टको टिपर पनि सोही बाटो हुँदै चुन ढङ्गा ओसार्ने गर्दछन् । तर सडकको हालत खतरापूर्ण छ । सरोकारवाला निकायहरु मौन देखिन्छ ।

घुमाउँरो बाटो,भाँसिएको सडक साथै टिपरको त्रासले जोखिमपूर्ण रुपमा घुम्न आउनु परेको  दरवार घुम्न आउने पर्यटकहरु बताउँछन् ।

कन्तिलोकपथ सडक आयोजनाले अल्पकालिन ढङ्गबाट बोरा राखि हिउँदलाई सडक चलाएर स्टमेट तयार गरी दिगो ढङ्गबाट सडक बनाउने गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं बताउनुहुन्छ । यस अघि पनि कन्तिलोकपथ सडक आयोजनाका प्रमुखलाई जानकारी गराएको र सुरक्षाको लागि सडक भाँसिएको, गति सिमित जस्ता संकेत राख्न आग्रह गर्दा पनि आयोजना हाल सम्म कुनै चासो नदेखाएको अध्यक्षहुमागाईंले भने ।
हेटौँडाबाट गढी दरवार हुँदै जिपलाईन देखि काठमाण्डौ तर्फ चल्ने दुई पाङ्ग्रे देखि चार पाङ्ग्रे सवारीहरुको तिब्रगती र भाँसिएको सडकका कारण दुर्घटनाको अत्याधिक सम्भावाना देखिएको छ ।

भाँसिएको सडक निर्माणको क्रमसंगैे सुरक्षाको लागि केही परबाट नै भासिएको संकेत राख्ने र गति सिमितको व्यवस्था गर्न जरुरी रहेको छ ।
भासिएको सडक, चालकाको मनलाग्दी र सचेतका कुनै योजना नहुनुले बनेको अत्याधिक खतरा नियन्त्रणका लागि चासो दिने हो की ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*