हेटौँडा २ वनस्खण्डीमा चिर्पट प्रहारबाट एक जना गम्भीर घाइते

टुडे संवादाता
१३ माघ २०७७, मंगलवार ११:३१

हेटौँडा/हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डीमा चिर्पट प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । घाईतेको हुनेमा हेटौँडा-५ सानोपोखरा डेरा गरी बस्ने अन्दाजी २४/२५ बर्षीय निरज मनियार रहेका छन् ।

स्थानीय ३६ बर्षीय राज तिमल्सिनाले आपसी विवादमा चिर्पटले हिर्काउदा मनियार गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।
गम्भीर घाइते मनियारको हेटौँडा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

उनको आइसियुमा राखेर उपचार भइरहेको र होस नखुलेको प्रहरीले जनाएको छ। चिर्पट प्रहार गर्ने तिमल्सिना लाई वडा प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*