मकवानपुर प्रहरीले हेटौंडा १६ मा गाँजा खेती नष्ट

टुडे संवादाता
१४ माघ २०७७, बुधबार १२:०७

हेटौंडा/मकवानपुर प्रहरीले हेटौंडा १६ को विभिन्न स्थानमा गरी करिब ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलिले मंगलवार गाँजा खेती नष्ट गरीएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को आकाशधारा,पानीस्वारा, गोक्ते र शक्तिखोला गरी कुल ३ विगाहा क्षेत्रफलमा लगाएको लागु औषध गाँजा खेतिफडानि गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*