हेटौंडा/युवा समाजसेवी एवं तरुण नेता विकेशलाल श्रेष्ठले आफ्नो व्यक्तिगत खर्चमा १ सय जना विद्यार्थीहरुका लागि न्यानो कपडा (स्वीटर) सहयोग गरेका छन् ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित श्री ऋषेश्वर आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरिएको हो । युवा व्यवसायी एवम् समाजसेवी विकेशलाल श्रेष्ठले वुधबार (आज) विद्यालयका १०० जना विद्यार्थीलाई चिसोबाट बच्नका लागि स्विटर वितरण गरेका हुन् ।
आफुले सानो सहयोग गर्न पाउँदा ठूलो खुशी मिलेको समाजसेवी श्रेष्ठले बताए । आगामी दिनमा समेत विद्यार्थीलाई सहयोग गर्नेको प्रतिबद्धता व्यक्त गर्दै उनले सहयोग गर्ने अवसर प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं २ ‘ख’ का सभापति लोक मोक्तानको प्रमुख आतिथ्यतामा स्विटर वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना भट्ट, समाजसेवी ठहर नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
युवा समाजसेवी एवं तरुण नेता श्रेष्ठद्वारा बालबालिकालाई न्यानो कपडा सहयोग
सेयर गर्नुहोस्